इटहरीकी पृथ्वीया थापालाई मिसेस नेपाल वर्ल्डको उपाधि

न्युजलय २३ कार्तिक २०८०, बिहिबार ०५:०३ मा प्रकाशित

काठमाडौं । इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन् । विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधिसँगै  आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन् ।


प्रतिस्पर्धामा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनल, सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलको उपाधि पाएकी थिइन् । अभिनेत्री भुवन चन्दलाई सम्मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधि प्रदान गरिएको थियो ।


गत वर्ष मिसेस नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस नेपाल इन्टरनेसनलमा अभिनेत्री उषा रजक विजयी भएका थिए । रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सहप्रायोजक रहेका थिए ।