काठमाडौं । आइतबार(आज) सुनको मूल्य घटेको छ ।
गत शुक्रबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।