सलमान खान नेपाल आउँदै

न्युजलय १७ माघ २०७८, सोमबार ०८:२९ मा प्रकाशित

काठमाडौं । भारतीय कलाकार सलमान खान नेपाल आउने भएका छन् ।

 

उनलाई पर्वतारोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका हुन् ।

 

विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित कलाकारलाई जुटाएर काठमाडौँमा एक कार्यक्रम गर्ने तयारी गरेका छन् ।


भेटमा सलमानलाई पुस्तक दिँदै उनले नेपाल आउने निम्तो समेत दिएको जनाइएको छ ।