मेस्सी बने सर्वाधिक कमाउने खेलाडी

न्युजलय ३० बैशाख २०७९, शुक्रबार ०१:१८ मा प्रकाशित

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

 

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् । मेस्सीले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।


फोर्ब्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ । अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१.२ मिलियन अमेरिकी डलर रहेको छ ।

 

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोको आम्दानी १ सय १५ मिलियन अमेरिकी डलर रहेको छ ।


चौंथो स्थान पीएसजीका फरवार्ड नेयमार रहेका छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ९५ मिलियन अमेरिकी डलर रहेको छ ।