घट्यो सुनको मूल्य

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार ०१:०५ मा प्रकाशित

 काठमाण्डौ । मंगलबार (आज) सुनचाँदीको  मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ ।