शेयर बजार बढ्यो

न्युजलय २४ जेठ २०८०, बुधबार ०९:११ मा प्रकाशित

 काठमाण्डौ । शेयर बजार बुधवार(आज) सामान्य बढेको छ । 

शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ अङ्कमा पुगेको छ ।

आज व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्युटी फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।