काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तारलाई नियन्त्रण गर्ने गरी मौद्रिक नीति ल्याएका छन् ।
शुक्रबार आब २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै उनले कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जानकारी दिएका छन् । गत आवमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।
कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढेको राष्ट्र बैंकको दावी छ ।
गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२ प्रतिशतको लक्ष्य लिएको छ ।