एम्बुसमा परेर भारतीय कर्णेलसहित ४ सैनिक मारिए

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०३:०६ मा प्रकाशित

काठमाडौँ । भारतको मणिपुरमा विद्रोहीले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित चार सैनिकको मृत्यु भएको छ । 

४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर रहेका विप्लव त्रिपाठीसँगै उनकी पत्नी र छोराको पनि मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चराचनपुर जिल्लामा शुक्रबार उक्त घटना भएको बताएको छ ।

आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यद्यपि मणिपुर राज्यमा सक्रिय रहेका स्थानीय लडाकूले सो घटना गरेको हुनसक्ने आशंका गरिएको छ ।

घटनापछि प्रहरीले यसबारे छानबिन गर्ने बताएको छ । यस क्षेत्रमा सशस्त्र भूमिगत समूहहरू केही वर्षयता सक्रिय रहँदैआएका छन् ।