‘भिजिट भिसा’ मा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङका अधिकारी पक्राउ

न्युजलय ४ साउन २०८१, शुक्रबार ०१:२५ मा प्रकाशित

काठमाडौँ । ।  ‘भिजिट भिसा’ मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो।

अधिकारीले पीडितलाई दुबईमा मासिक ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पीडितलाई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा २०७९ जेठ १६ गते दुबई पुर्‍याई बन्धक बनाइएको थियो। बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ।