काठमाण्डौ । यो साता सुनचाँदीको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य प्रतितोला ९०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।
यसैगरी, यो साता चाँदीको मूल्य समेत बढेको छ । तोलामा ४५ रुपैयाँले बढेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।