काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ फिर्ता गरेकी छन् ।
पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् ।
गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो । निजी तस्वीर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् ।
सुरुमा पैसा लिन आनकानी गरेकी करिश्माले पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् ।