इटहरी । सुनसरी र मोरंगको सिमामा पर्ने बुढिखोलामा आएको बाढिले चार जनालाई बगाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीकाअनुसार चार जना मध्ये एक जनाको शव भेटिएको छ भने १ जना बेपत्ता भएका छन् ।
बाँकि दुइ जनालाइ शकुसल उद्धार गरिएको बताइएको छ । गौशाला क्षेत्रबाट मानिस बगाएको बताइएको छ ।
यसैबिच मौसम विज्ञान विभागले सतर्क रहन सुचना जारी गरेको छ । जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तीन बजेसम्म सतर्क रहन भनिएकोछ ।