घट्यो सुनचाँदीको मूल्य

न्युजलय १६ साउन २०७९, सोमबार ११:२८ मा प्रकाशित

  काठमाडौँ । सोमबार(आज) सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौसय रुपियाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।