इटहरी । इटहरीमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी–४ स्थित बूढीखोला पुल नजिकै बाटो काट्ने क्रममा ना ४ ख ३२८४ नम्बरको ट्रकको ठक्करबाट वृद्धाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी–६ बस्ने ७० वर्षीया दुर्गा पौडेल रहेकी छन् । ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार मृतकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ ।
प्रहरीले ट्रक चालक सुमन बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।