मोरङ । मोरङको जहदा गाउँपालिका ५ मा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानन्द महतोको १५ वर्षीय छोरा भरत महत्तो रहेका छन् ।
मंगलबार मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत्यु भएको जानकारी गराएका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।