इटहरी खानेपानी अध्यक्षमा यामकुमार सुब्बासहित एमाले प्यानलै विजयी (नामावलीसहित)

न्युजलय २२ बैशाख २०८१, शनिवार ०७:२४ मा प्रकाशित

इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा यामकुमार सुब्बा निर्वाचित भएका छन् । उनी नेकपा एमाले इटहरी नगर अध्यक्ष हुन् भने अघिल्लो स्थानीय चुनावमा नेकपा एमालेबाट मेयरका उम्मेदवारसमेत हुन् । लोकप्रिय मत पाएर उनीसहित नेकपा एमालेको प्यानलै खानेपानी संस्थाको समितिमा विजयी भएको हो ।


एमालेको प्यानलविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीले गठबन्धन बनाएका थिए । तर सुब्बाले १२५ मत ल्याउँदा गठबन्धन प्यानलबाट अध्यक्षका उम्मेदवार ठमनाथ लम्सालले ४७ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकै प्रेम बस्नेतले १२२ मत पाउँदा रमेश अधिकारीको पक्षमा ४८ मत खसेको छ ।


त्यस्तै महासचिवमा एमाले उम्मेदवार शालिग्राम ढकालले ११९ मत ल्याएर विजयी भए भने काँग्रेसका बालकृष्ण विष्टले ५३ मत पाए ।


यसैगरी सचिवमा लोकनाथ भट्टराईले १३० मत पाएर विजयी भए भने कोषाध्यक्षमा गङ्गाप्रसाद दाहालले ११८ मत पाए । 


यस्तै खुल्ला सदस्यतर्फ पेशलकुमार लम्साल, मनोजकुमार राय, टोमप्रसाद तिमल्सिना, सिम्रित थारु, कनकबहादुर कार्की विजयी भए भने महिला सदस्यतर्फ हिमादेवी कार्की, कमला निरौला, बबीता नेपाली, पुष्पा चौधरी, चेतकुमारी खड़्का विजयी बनेका छन् । 


लेखा समिति सदस्यतर्फ राजन भट्टराई, देवीप्रसाद चापागाई, एलिजा खनाल, नरेन्द्रकुमार श्रेष्ठ, गोपीलाल भगत निर्वाचित भए ।