नेप्से २८.३३ अंकले बढ्यो

न्युजलय २४ असार २०८०, आइतबार ०९:४० मा प्रकाशित

 काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेसँगै ३ अर्ब बढीको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.३३ अंकले बढेको हो । १.३८ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक २०७७.७६ अंकमा पुगेको हो ।

आज २८७ कम्पनीका ८३ लाख ५२ हजार ५ सय ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९ सय ६१.०१ रुपियाँ बराबराको कारोबार भएको हो ।