सेयर बजार घट्यो

न्युजलय १३ असोज २०८३, मङ्गलबार ०३:३१ मा प्रकाशित

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेको छ । 

आज सेयर बजारमा १९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।  

अघिल्लो दिन ५ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ४ अर्ब माथिको मात्रै कारोबार भएको छ । मंगलबार ३६३ कम्पनीका १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ५१ हजार २७४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँको कारोबार भएको छ ।