कठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको छ । फिस्टेल एयर र एयर डाइनेस्टीको हेलिकोप्टर एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका एकजनालाई माउन्टेन हेलिकोप्टरबाट उपचारका लागि पठाइएको जानकारी दिइएको छ । सोलुखुम्बु प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा विदेशी नागरिक रहेका छन् ।
उनको शवलाई प्रभु हेलिकोप्टरबाट लुक्लामा ल्याइएको छ । फेरिचे खुम्बु गाउँपालिका–४ मा पर्छ ।