आज १९ कार्तिक २०८२ बुधवार को राशिफल

न्युजलय २० कार्तिक २०८२, बुधबार ०६:०७ मा प्रकाशित

मेष । दिन उत्साहवर्धक रहेको छ। नयाँ रोजगारको रूपरेखा तैयार हुनेछ। सामाजिक कार्यमा भागीदारी बढ्नेछ। घरमा मांगलिक कार्य को चर्चा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

वृष । कार्यको गुणवत्तामा सुधार गर्नुहोस्। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। प्रशासनिक क्षेत्रमा अधिकारीहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा नयाँ प्रयोग सफल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन । कार्यक्षेत्रमा लक्ष्यलाई पूरा गर्ने दबाब रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सफल भइनेछ। नयाँ प्राँपर्टी किन्न हत्तार नगर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

कर्कट । सुख सुविधामा धन खर्च हुनेछ। मेहनतको राम्रो परिणाम मिल्नेछ। इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ। अवसरवादीहरूले झुक्याउन सक्छन सावधान रहनुहोस्। आजको शुभ रंग हल्का हरियो हे भने शुभ अंक २ रहेको छ।

सिंह । जीवनसाथीसँग वैचारिक मतभेद बढ्ला। पाचन सम्बन्धी समस्याले सताउनेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। साहित्व र लेखन कलाको महत्त्वपूर्ण बिन्दुहरूमा चर्चा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कन्या । सहि दिशामा तैयारी नहुनाले परिणाम प्रभावित हुनेछ। शत्रुहरू सक्रिय रहनेछन्। व्यस्तताको कारण परिवारलाई समय दिन नपाइएला। खानपानलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला । साझेदारीमा व्पापारमा सामञ्जस्यको अभाव रहनेछ। घरपरिवारबाट शुभ सुचना सुन्न पाइएला। यात्रा लाभदायी रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । नयाँ योजना बनाउनुभन्दा पहिला अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। विवादास्पद समस्याले समय प्रभावित हुनेछ। विवाह आदिको कुराकानी अगाडि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु । जग्गा जमिनमा लगानी लाभदायी रहनेछ। नौकरीको लागि नयाँ आवेदनहरू मिल्नेछ। धार्मिक यात्रामा भ्रमणका योग छन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर । महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। सम्बन्धहरूमा आत्मीयता बढ्नेछ। आर्थिक मामलाहरूमा सुदृढता आउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ । पहिलाको सफलताले महत्त्वकांक्षा बढाउनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। बुद्धिको उपयोगले कार्य सजिलै सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन । सम्मानित स्थान पाउन मेहनत गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सरकारी कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

स्रोत हाम्रोपात्रो