धनकुटामा श्रीमानद्धारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

न्युजलय ३१ भदौ २०८१, सोमबार १२:०३ मा प्रकाशित

धनकुटा । धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको छ ।

जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनीहरूका दुई छोरी रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।