इलाम । इलाम क्षेत्र २ को आज भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।
यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए
इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए ।
अब मतपेटिका ल्याउनेक्रम सुरु भएको उनको भनाइ छ ।