मोटोपन दिनको १० खिल्ली चुरोट पिउनु सरह खतरनाक !

न्युजलय २३ भदौ २०७९, बिहिबार ०२:१७ मा प्रकाशित

काठमाडौं । एक सोधका आधारमा किशोरावस्थामा अत्यधिक मोटो या दुब्लो हुँदा औसत आयु एक दिनमा दश खिल्ली चुरोट पिउँदा जत्तिकै कम हुन्छ ।


स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो ।


रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जति धुम्रपान गर्ने मोटो मान्छेलाई छ ।


अध्ययनमा १९४९ देखि १९५१ का मा जन्मेका ४५९२० व्यक्तिको बीचमा शोध गरिएको थियो । अध्ययनका अनुसार सामान्य तौल हुनेमध्ये ३ हजारको मृत्यु भएको थियो, जो अरु श्रेणीमा मर्नेवालामध्ये सबैभन्दा कम संख्या थियो ।