काठमाडौं । फिलिपिन्सको अध्यागमनले नेपाली नागरिक प्रकाश पाठकलाई पक्राउ गरेको छ ।
पाठकले सोसल मिडियामार्फत् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलगायतल केही उच्च अधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए। त्यसपछि प्रहरीले पाठकबारे अनुसन्धान सुरू गरेको थियो।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको फरार अभियुक्त खोजी युनिटले मालोलोसा सहरबाट पक्राउ गरेको हो।
उनलाई डिसेम्बर ३१ मा बुलाकान प्रान्तको मालोलोस सिटीस्थित बाराङ्गाय क्याटमोनको पासेओ दे कङ्ग्रेसो बाट पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
यसैगरी,इन्टरपोलले जबर्जस्ती असुली र आपराधिक षड्यन्त्रको अभियोगमा पाठकविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।