पीएसजी छाड्दै मेस्सी, क्लबको टुंगो छैन

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार ०२:१९ मा प्रकाशित

काठमाडौ । पीएसजीसँगको सम्झौता सकिनै लाग्दा पनि मेस्सीको क्लब टुंगो लागेको छैन । पिएसजीसँग सम्झौता थप गर्ने विषयमा समझदारी भएको छैन । न त उनलाई अरु क्लबलाई बेच्ने योजना नै बनाएको छ । सिजन सकिएसँगै पीएसजी मेस्सीलाई निःशुल्क अन्यत्र जान दिने मनस्थितिमा पुगेको छ । 

च्याम्पियन्स लिग जित्नका लागि ठूलो लगानी गरेको पीएसजी त्यो प्राप्त नभएपछि थप जोखिम नमोल्ने मनसायमा देखिएको छ। 

पीएसजीका अध्यक्ष नासेर अल खेलाफी अब स्टार नाममा भन्दा पनि फ्रान्सेली प्रतिभामा बढी विश्वास गर्ने योजनामा छन्। पीएसजीको सोच बदलीयसँगै लियोनल मेस्सी बानर्सिलोना फर्किने सम्भावना बढेको छ। तर बार्सिलोना आर्थिक संकटमा भएकोले उनलाई बार्सिलोनाले पनि नलिने सम्भावना छ ।