घट्यो सुनको मूल्य

न्युजलय १६ चैत २०७८, बुधबार ०५:२३ मा प्रकाशित

काठमाण्डौ । बुधबार(आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको हो । 

तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार तोलामा १० रुपैयाँले घट्दै एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।