युरोकप छनोटमा फ्रान्सको लगातार दोस्रो जित

न्युजलय १४ चैत २०७९, मङ्गलबार ०२:४४ मा प्रकाशित

काठमाडौँ । युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ।

आयरल्यान्डस्थित डब्लिनमा गएराति भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई १–० गोलले पराजित गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५० औँ मिनेटमा बेन्जामिन पाभर्डले निर्णायक गोल गरेका थिए।

राष्ट्रिय टिमको कप्तानका रुपमा डेब्यु गरेका किलियन एम्बाप्पेले छनोटको अघिल्लो खेलमा नेदरल्यान्डविरुद्ध २ गोल र १ असिस्ट गरे पनि आयरल्यान्डसँगको खेलमा गोल गर्न सकेनन्।

समूह बी मा रहेको फ्रान्स २ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। आयरल्याण्ड चौंथो स्थानमा रहेको छ ।