घट्यो सुनको मूल्य

न्युजलय ३२ बैशाख २०७९, आइतबार ११:३३ मा प्रकाशित

 काठमाडौं । आइतबार (आज) सुनको मूल्य १३ सय  रुपैयाँले घटेको छ । 

गत विहिबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य अज आज प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । गत विहिबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ