४७.२२ अंकले बढ्यो नेप्से

न्युजलय ९ मङ्सिर २०८२, सोमबार ०३:१९ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से ४७.२२ अंकले बढेर २६४७.४४ बिन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिन पनि नेप्से ३९.४२ अंकले बढेर २६०० बिन्दुमा पुगेको थियो । सोमबार नेप्सेमा कुल ७ अर्ब माथिको कारोबार भएको छ ।