ब्रोकर तालाबन्दीले नेप्सेमा कारोबार ठप्प

न्युजलय २१ जेठ २०८०, आइतबार ०५:३५ मा प्रकाशित

काठमाण्डौ । आन्दोलनरत लगानीकर्ताहरूले ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार ठप्प भएको छ । 

यद्यपी कुनै ब्रोकरहरूको टिएमएस भने लग इन भएको कारण केही कारोबार भएको छ । आन्दोलनरत लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा टिएमएस बन्द गराएपछि आज प्री ओपन सेसनमा पनि कारोबार भएको थिएन ।  

आन्दोलनरत लगानीकर्ताहरुले ब्रोकरहरुलाई कारोबार बन्द नगरेमा जस्तोुकै क्षती हुनसक्ने र उक्त क्षतीको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनी दिएका छन् ।