खुम्बु क्षेत्रमा हिमपात

न्युजलय १२ कार्तिक २०८२, मङ्गलबार ११:१७ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ ।

मौसममा बदली आएसँगै हिजो साँझदेखि नै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ ।

खुम्बु क्षेत्रमा हिमपातका कारण पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा त्यस क्षेत्रमा पुगेका पर्यटक होटलभित्रै थन्किएका छन् ।

हिउँ परेका कारण स्वदेशी तथा विदेशी पर्यटकहरू होटलभित्रै सुरक्षित स्थानमा बसेका छन् । नाम्चे बजारमा भने हिजोदेखि नै पानी परिरहेको छ ।