युके र न्युजिल्याण्डका प्रतिनिधिसहित इटहरीमा बृहत एजुकेशन फेयर गर्दै एक्सपर्ट

न्युजलय ६ असार २०८१, बिहिबार ०८:५४ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसले आउँदो असार ९ गते बृहत  ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । 


एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै बृहत एजुकेसन फेयर गर्ने भएको हो । फेयरमा युके र न्युजिल्यान्डलाइ फोकस गरिएको छ । नेपाली विद्यार्थीहरूको रोजाइमा युके र न्युजिल्यान्ड पर्न थालेपछि एक्सपर्टले त्यस क्षेत्रका युनिभर्सिटिहरूसँग सहकार्य गरी विद्यार्थीहरूलार्इ प्रोत्साहन तथा परामर्श दिन एजुकेसन फेयर गर्न लागेको हो । 


पछिल्लो समय युके र न्युजल्यान्डमा गुणस्तरीय शिक्षा, भिसा प्रोसेसिङका लागि सरल छ । अध्ययन सकेपछि पोष्ट स्टडि वर्क तथा इन्टर्नसिप जस्ता कार्यक्रम रहेको हुँदा नेपाली विद्यार्थीहरूको आकर्षण बढेको हो । 


यी देशहरुमा भिसा प्रोसेसिङका लागि पोइन्ट बेस सिस्टम भएको हुदाँ पनि धेरै सहज हुने एस्पर्टका बिजनेस डेभलोप्मेन्ट अफिसर प्रज्वलप्रताप केसीले बताए । फेयरबाट इटहरी र आसपासका करिब एक हजार विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ । एजुकेसन फेयरमा युके, न्युजिल्यान्डका साथै अस्ट्रेलीया, क्यानाडा, अमेरिकालगायतका देशमा रहेका कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरूको विशेष उपस्थिती रहने बताइएको छ । 


फेयरमा दुवै देशका टप कलेज एवम युनिभर्सिटिका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्तालाप गर्न सकिने एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस इटहरी शाखाका प्रवन्ध निर्देशक कमल तिम्सिनाले बताए । ती देशका प्रतिनिधिहरूले त्यहाँको कानुन, अध्ययनका क्षेत्र एवम विषयवस्तु, भाषा, दैनिक कामकाज लगायतका विषयमा नेपाली विद्यार्थीहरूलाई जानकारी दिनेछन् । 


नेपालका प्रमुख शहरहरु लगायत विश्वका १३ देशका ५० भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको एक्सपर्टको इटहरी शाखाले १ दशक भन्दा बढी समय देखि विद्यार्थीलाई अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशहरूमा शैक्षिक अध्ययनका लागि सहजिकरण गदै आइरहेको छ ।