काठमाडौं । भारतीय ब्याटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अक्टोबर महिनाका उत्कृष्ट खेलाडी चयन भएका छन्।
अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कोहलीलाई आईसीसीले विजेता घोषणा गरेको हो।
जिम्बाब्वेका कप्तान सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलर पनि मनोनयमा परेका थिए।
अक्टोबरमा चार इनिङ मात्रै ब्याटिङ गरेका कोहलीले तीन उत्कृष्ट इनिङ खेलेका थिए। जसमध्ये पाकिस्तानविरुद्ध अविजित ८२ रनको शानदार इनिङ थियो।
उनकै उत्कृष्ट प्रदर्शन प्रेरणामा भारत विश्वकपको सुपर–१२ बाट समूह ‘दुई’को विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ। फाइनल प्रवेशका लागि कोहलीको भारतले इङ्ल्यान्डसँग बिहीबार खेल्नेछ।