इटहरी । होटल व्यवसायी महासंघमा इटहरीका देवी गौतम ‘रविन’ सर्वसम्मत चयन भएका छन् । हालै चितवनमा भएको महासंघको १० औं साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा दिनेशकुमार चुकेसहितको नेतृत्व चयन गरेको हो ।
महासंघको बरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा चयन भएका छन् भने उपाध्यक्षमा गौतमसहित वीरञ्जन बटाला, सन्तोष उप्रेती, भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे र तिलकबहादुर कार्की चयन भएका छन् । यसैगरी महिला उपाध्यक्षमा धनादेवी चोखाल चयन भएकी छिन् ।
महासंघको महासचिवमा तुल्सीराम भण्डारी र उप–महासचिवमा राजेश मलहोत्रा, सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन भएका छन् भने कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।