भोजपुरको जरायोटारमा एम्बुलेन्स र बोलेरो ठोक्किएर दुर्घटना

न्युजलय १५ असोज २०८०, सोमबार ०९:४४ मा प्रकाशित

भोजपुर । भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना भएको छ । 


सोमबार अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको माझिटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना हुदा एम्वुलेन्समा सवार पौवादुङमा गाउँपालिका ३ बस्ने वर्ष २५ को पदम खत्री घाईते भएका छन् ।


घाईते पदम खत्रीलाई भोजपुरबाट धरान जादै गरेको एम्वुलेन्समा धरान पठाईएको जनाईएको छ । घाईते खत्रीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रहरी निरिक्षक प्रभु खत्रीले बताए ।

पौवादुङमा गाउँपालिकाबाट विरामी वोकेर धरान जादै गरेको को १ झ ६६३ नम्बरको उम्वुलेन्स र धरानबाट आउदै गरेको को १ ज ३१६२ नम्बरको वोलेरो ठोकीदा दुर्घटना भएको हो ।