इटहरी । जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय जलेपछि सुस्ताएको इटहरी प्रहरी फेरी सक्रिय भएको छ । फरार अभियुक्तहरु पक्राउ गर्न थालेको छ । सोही क्रममा इटहरी उपमहानगरपालिकाका कर्मचारी एवं एमाले नेता महेश चौधरी पक्राउ परेका छन् ।
भदौ ६ गते इटहरी ७ का राज कटुवालमाथि घरमै आक्रमण गरी गम्भीर घाइते बनाएको जाहेरीमा उनी पक्राउ परेका हुन् । उनीसँगै जाहेरी परेका शिवु चौधरी यसअघि नै पक्राउ परेकोमा जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालकाअनुसार उनलाई नियन्त्रणमा लिई ४ दिनको म्याद थप गरिएको छ ।
पछिल्लो समय चौधरीसहित ४ जना फरार अभियुक्त पक्राउ गरेको जानकारी दिए । हाल इटहरीमा हिरासत कक्ष नभएको कारण सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइएको छ । इटहरीको हिरासतबाट फरार ३४ जना थुनुवाहरूमध्ये एक जना पक्राउ परेका छन् ।