५९ अङ्कले घटेको शेयर बजार राताम्मे

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०९:२५ मा प्रकाशित

काठमाण्डौ । बिहीवार(आज) शेयर बजार झन्डै ५९ अङ्कले घटेको छ । नेप्से आज ५८ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घट्दा बजार राताम्मे देखिएको छ । बीमा, उत्पादन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर चार अर्ब २९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।