श्रीलंकाको कारागारमा झडप, १९ जनाको मृत्यु

न्युजलय २२ असार २०८३, सोमबार ०३:२४ मा प्रकाशित

 एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बो नजिकैको एक कारागारभित्र झडप हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार  झडमा १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा पर्ने नेगोम्बो कारागारमा आइतबारदेखि सुरु भएको झडप सोमबारसम्म पनि जारी रहेको थियो ।

अस्पतालमा ४ जना सुरक्षाकर्मी र १५ जना कैदी गरी कुल १९ जनाको शव ल्याइएको छ ।

अस्पतालमा १०० भन्दा बढी घाइते कैदीहरूलाई उपचारका लागि भर्ना गरिएको बताइएको छ ।

कडा सुरक्षा घेराभित्र रहने कारागारमा यति ठूलो झडप के कारणले भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।