आईटीएफमा प्रदेश १ लाई पहिलो स्वर्ण

न्युजलय ३२ असोज २०७९, मङ्गलबार ०९:३० मा प्रकाशित

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आईटीएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ ले पहिलो स्वर्ण पदक जितेको छ । 

मंगलवार(आज) भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा प्रदेश–१ की कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन् । विभागीय टिम नेपाल आर्मीकी रीना धिमाल र सशत्र प्रहरी बलकी सन्जनाकुमारी चौधरीले कास्य पदक जितिन् ।

प्रतियोगिताको चौँथो दिनमा प्रदेश १ स्वर्ण हात पार्न सफल भएको हो । यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो ।