इटहरीमा एसआइ युकेको शैक्षिक मेलामा बेलायती युनिभर्सिटीद्वारा परामर्श

न्युजलय १५ फाल्गुण २०८०, मङ्गलबार ०८:५६ मा प्रकाशित

इटहरी । नेपाली विद्यार्थीहरुलाई बेलायत अध्ययनका लागि सहजिकरण गर्दै आएको यस आइ युके संस्थाले इटहरीमा एक दिने शैक्षिक मेला गर्ने भएको छ । आउँदो फागुन १८ गते इटहरीस्थित सेन्ट्रल प्लाजाको तेस्रो तलामा रहेको आफ्नै कार्यालयमा कार्यक्रम गर्ने भएको हो । 

मेलामा बेलायतका विभिन्न युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिती रहने संस्थाका सञ्चालक मदन अधिकारीले जानकारी दिए ।

उक्त वान टु वान परामर्शबाट विद्यार्थीहरुले युके विद्यार्थी भिसासम्बन्धि विभिन्न सेवाहरु जस्तै, कोर्स छनोट, शुल्क, छात्रवृत्ती, रोजगारीको अवसर, भीसा प्रोसेसिङ, विश्वविद्यालय छनोट आदि विषयमा जानकारी लिन पाउने संस्थाका अर्का संचालक  गोपाल निरौलाले बताए ।