काठमाडौँ । अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ आमाबुवा बन्ने भएका छन्।
सविनले सामाजिक सञ्जालमार्फत आमाबुवा बन्न लागेको जानकारी दिएका हुन्।
सविनले फेसबुकमा पत्नी अनुसँगको तस्बिर साझा गर्दै अंग्रेजीमा ‘वी आर प्रेग्नेन्ट’ लेखेका छन्। साथै तस्बिरमा दुवै जना खुसी मुद्रामा देखिएका छन्।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका अनु र सविनले गत वर्ष असोजमा विवाहको खबर सार्वजनिक गरेका थिए। त्यसअघि उनीहरू लामो समय प्रेम सम्बन्धमा थिए।