सेयर बजारमा १९.९२ अंकको गिरावट

न्युजलय ६ पुस २०८२, आइतबार ०९:२५ मा प्रकाशित

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.९२ अंकले घटेर बजार नेप्से २५९४.८७ विन्दुमा बन्द भएको छ । 

यस दिन कुल ३४५ कम्पनीको कारोबार भयो, जसमा ४३ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो । 

म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । 

नेप्सेका अनुसार एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ७० हजार ५७६ पटक किनबेच हुँदा चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।