इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीको आयोजनामा इटहरीमा भएको प्रदेशस्तरीय पाँच दिने क्यान इन्फोटेक सम्पन्न भएको छ ।
इन्फोटेकमा विद्यार्थी, व्यापारी, सर्वसाधारणहरुसमेत गरेर ४० हजार बढीले भ्रमण गरेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले जानकारी दिए ।
इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन तथा बिक्रि वितरणका लागि राखिएको थियो । प्रदर्शनीमा राखिएको कसमस अर्थिङ सिस्टम, घरको लोकेसन थाहा दिने क्युआर कोड, पुराना सुचनाप्रविधिसम्बन्धि उपकरणहरुको सुचना प्रविधि संग्रहालयलगायत प्रविधिहरु मुख्य आकर्षणको रुपमा रहेको थियो । यस्तै नेपाली सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन बनाइएको थियो ।
क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गरेको हो । कार्यक्रम सफल भएको र आगामी दिनमा अझ व्यवस्थित र भव्य इन्फोटेकको आयोजना गर्ने अध्यक्ष राईले जानकारी दिए ।