झापा । पाँचथरको फिदिम नगरपालिका–४ सखरखण्डेमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा मोरङ लेटाङका ७ बर्षिय बालक प्रज्वल मगर, इलामकी ३४ बर्षिया महिला प्रमिला देवान, देवानकै ७ महिनाका छोरा निश्चल देवान र अर्का एक जना परिचय नखुलेकी महिला रहेका छन्।
सोमबार(आज) यासोकबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना भएको हो ।