५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मगर पक्राउ

न्युजलय २३ पुस २०८०, सोमबार १२:०२ मा प्रकाशित

उदयपुर । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।