काठमाडौं । चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार राति गएको भूकम्पका कारण उक्त क्षति भएको हो।
भारतीय समयअनुसार राति ८ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। मुख्य धक्कापछि पनि तिब्बतका विभिन्न स्थानमा पटकपटक भूकम्पका परकम्प महसुस भएका छन्।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको विवरणअनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को मध्यरातपछि १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीनका अन्य क्षेत्र र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना अभिलेख गरिएको छ।
तीमध्ये तिब्बतमा १३, चीनमा चार र म्यानमारमा एउटा घटना रेकर्ड भएका छन्।
७ म्याग्निच्युडको मुख्य भूकम्पपछि तिब्बतमा ५ देखि ४.३ म्याग्निच्युडसम्मका परकम्प गएका थिए।