कोराना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु

न्युजलय ६ साउन २०८२, सोमबार ०१:०९ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु भएको छ ।

८ दिनअघि संक्रमण पुष्टि भएकी पोखरा ११ फूलबारीकी ७४ वर्षीया महिलाको उपचारका क्रममा चरक अस्पतालमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

संक्रमणका साथै ती महिलामा उच्च रक्तचाप र मधुमेयको समस्या पनि थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई केही दिनअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।