भलिबल च्याम्पियनसिप : नेपाल लगातार दोस्रो खेलमा पराजित

न्युजलय ९ पुस २०७९, शनिवार १२:१५ मा प्रकाशित

काठमाडौँ । बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकाको हातबाट ३–० को सोझो सेटमा पराजित भएको हो ।

 

श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यस हारपछि नेपालको उपाधिको सम्भावना पनि समाप्त भएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो ।


अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ ।