स्कुल बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

न्युजलय २० साउन २०८१, आइतबार ०१:१२ मा प्रकाशित

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

विद्यार्थी लिन विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।

ठाकुरलाई बिहान बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीले जनाएको छ । 

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरील जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।