सुनसरीकी रजिता मिस्टर एण्ड मिस नेशनल नेपालमा

न्युजलय ४ बैशाख २०८१, मङ्गलबार ०३:३६ मा प्रकाशित

इटहरी । सुनसरीकी रजिता पराजुली मिस्टर एण्ड मिस नेशनल नेपालमा यतिखेर प्रतिष्पर्धा गरिरहेकी छिन् । 


बराहक्षेत्र नगरपालिका वडा नं ६ निवासी उनले फिटनेस राउन्ड जितिसकेकी छिन् भने उनी ईमेज मेघा मोडेलकी फाइनलिस्ट पनि हुन् । 


२४ नम्बरकी कन्टेस्टेन्ट उनी एकल आमा र मध्यम वर्गीय परिवारमा जन्मेकी ठुलै मिहिनेतपछि यहाँसम्म आइपुगेको बताउँछिन् । यसै प्ल्याटफर्ममार्फत देशलाई चिनाउन चाहेको उनी बताउँछिन् । 


उनी संस्कृतकी विद्यार्थी हुन् । संस्कृत भाषा पढेकै कारण आफ्नो बोलि, भाषा स्पष्ट भएको उनी बताउँछिन्। 


उनी कला क्षेत्रमा पनि अब्बल हुन्। उनले कलालय इटहरीबाट थिएटर सिकेकी थिइन् ।